पेटमा पत्थर
म शारीरिक रूपले साह्रै कमजोर मान्छे नेपालमा छँदा अस्पतालमा भर्ना हुनु नपरे पनि outdoor patient को रूपमा अस्पताल र क्लिनिकहरू धेरै जानु पर्थ्यो । कोरिया आउने लगभग पक्का भएपछि मैले मनमनै एउटा कामना गरेको थिए, मेरो आमा बुबा नएभएको त्यो विरानो देशमा पुगेपछि म विरामी हुन नपरूँ । तर हाम्रा पवित्र कामना र असल चाहनाहरू पुरा गरिदिनको लागि संसारमा को छ, जे चाहन्नौं त्यही भैदिन्छ हामी के गर्न सक्छौं र ? पुरानो कम्पनीमा छँदा मैले कान दुखाइको extreme रूप बेहोरें, हिजो पेट दुखाइको । पेटमा पत्थरी हुँदा यति दुख्दो रहेछ कि, पहिलो पटक ५ दिन जति अघि दुखेको थियो सहन सकिने दुखेको थियो, करिब आधा घण्टा दुख्यो, दोस्रो पटक ३ दिन पहिले काममै छँदा दुख्यो, दुखाइ अलि साह्रो थियो । त्यो पनि आधा घण्टा दुख्यो । धेरै गर्मि हुने र पसिना धेरै जाने हुनाले शरिरमा पानीको मात्रा नपुगेर दुखेको होला भने अनुमान गर्दै पानी बढी खान थालेको थिएँ । हिजो आइतवार २४ घण्टा काम गर्नुपर्ने थियो विहान ८ बजे काममा गएँ । २ नाघ्यो ३ बजेको थिएन होला, दुख्न शुरू भयो । विस्तारै विस्तारै दुखाइको मात्रा बढ्दै गएपछि भोली...