मेरो औंला

अपडेटः2013-6-7 औंला च्यापिएको करीब ३ महिना पछि त्यहाँको नङ झर्यो ।




पुरानो ब्लगः


आज मेसिन चलाइरहँदा कताबाट हावा फुस्केर उत्पादन भैरहेको सामान नै उडाइरहेको थियो । मेसिन बन्द गर्दा हावा नआउने हुनाले कहाँबाट हावा फुटेको भनेर हेर्न सकिंदैन । मेसिन बन्द गरेरै हेर्ने हो भने हेर्ने मान्छे र हावा खोलिरहने मान्छे गरी दुइजना हुनुपर्छ । तर आफ्नो मेसिन चलिरहेको ठाउँमा अरू अपरेटरहरू पनि छैनन्  । त्यसैले चलिरहेको मेसिनमाथि चढेर कहाँ हावा फुट्यो भनेर हेर्दैथिएँ । मलाइ थाहा छ, त्यहाँ होशियार हुनुपर्छ र होशियार नै थिएँ पनि । हावा फुटेको ठाउँ देखें, त्यो आफैले मर्मत गर्न सकिने रहेछ भन्ने सोच्दै मेशिनबाट झर्नलाइ खुट्टा तल झारें, एउटा खुट्टाले तल टेकेर अर्को खुट्टा झार्दैथिएँ एक्कासि समाइरहेको दायाँ हातको औंलामा बेसरी च्यापिएजस्तो लाग्यो र हत्तपत्त हात निकालें । हातको औंला त Shock Absorber मा पो रहेछ। पन्जा भित्र भएको दायाँ हातको कान्छि औंलामा कुनै feel नै भएन, दुखाइ पनि छैन, औंला छैन कि जस्तो लाग्यो , हत्तपत्प पन्जा खोलेर हेरें, औंला रहेछ, सार्है खुशी, र अचम्म पनि लाग्यो त्यत्रो मेसिनको Shock Absorber मा परेर पनि मेरो औंला कसो धुलो भएन । शायद मैले छिट्टै औंला निकाल्न सकेर (stimuli कारणले ) हो कि, त्यस्तो ठाउँमा परेर पनि औंला कसरी छिट्टै निकाल्न सकें जस्तो लाग्छ । त्यसले मज्जाले हान्न पाएको भए मेरो औंलाको हड्डी नै धुलो बनाउन सक्थ्यो तर औंलाको टुप्पो मात्रै सुन्निएको छ, फुटन सकेन, घाउ छैन तर रगत अलिअलि बाहिर  आएको छ।

Comments