संघर्ष गर्दैमा सफल हुने होइन

 एउटा सत्य घटना 

('' मेरो कान्छो भाइ भन्दा पनि कम उमेरकोउनी मकहाँ आउन कम्तिमा दुइटा बस चढ्नुपर्छ । साथी भन्दा पनि म उनलाइ भाइकै रूपमा हेर्थेंत्यतिबेलातिर हामी सानालाइ पनि तपाइ सम्बोधन बानी बसालेका थियौं । पछिल्लो समय उनिसँग भेट नभएको धेरै भैसकेको थियो । एकदिन खबरै नगरी एक्कासी मेरो घरमा आइपुगे । उनि गैसकेपछि उनिसँग भएका कुराहरू तुरन्तै लिपिबद्ध गरेकोआज धेरै वर्षपछि सार्वजनिक पोस्ट गर्दैछु ­)

निर्मलः सन्चै हुनुहुन्छ आज कसरी एक्कासी खबरै नगरीकन आउनुभयो त घरमा सबैजना सन्चैहुनुहुन्छ ?

कः हजुर सबै ठीकै छ निर्मलदाइ । खासमा तपाइसँग केही सल्लाह गरू भनेर आएको ।

निर्मलः ए हुन्छ नि । मैले जानेको कुराहरू रहेछ भने पक्कै पनि शेयर गरूला ।

कः निर्मलदाइघर परिवार छोडेर बाहिर काम गर्न जानु कस्तो होला ।

निर्मलः बाहिर गएर काम गर्नु नरामो भन्ने होइन । कहाँ गएर काम गर्ने विचार गर्नुभयो ।

कः विरगंजतिर जाने विचार गरेको । अहिले गरिरहेको कामले आत्मसन्टुष्टि दिन सकेन । त्यसैले अलि वर्ष घरपरिवारबाट छुट्टिएर काम गर्ने विचार गरेको । तर दाइ र आमाबुबाले मान्नु हुन्न जस्तो लाग्छ । त्यसैले तपाइसँग सल्लाह गर्न आएको ।

निर्मलः तपाइले दाइसँग कुरा गरिसक्नुभएको हो उहाँले स्वीकृति नुदिनुभएको हो ?

कः दाइसँग सबै कुरा त गरेको छैनतर एकपटक 'म बहिर गएर काम गरूँ किभनेर उहाँको मन बुझ्न खोज्दा 'पर्दैनहामी दाजुभाइ मिलेर यहीं केही गरौंलाभनेर भन्नुभएको थियो । त्यसपछि अरू कुरा केही गरेको छैन । तैपनि उहाँहरू चाहनुहुन्न जस्तो लाग्छ ।

निर्मलः ठीकै छम दाइलाइ सम्झाउने प्रयत्न गर्न सक्छु । तर उहाँहरूले तपाइलाइ त्यसरी जान स्वीकृति नै दिएन भने के गर्ने सोच्नुभएको छ ?

कः उहाँहरूलाइ सोध्दा स्वीकृति पाइन्छ भन्ने त लाग्दैन । तर म जसरी भए पनि बाहिर जान चाहन्छु । त्यसैले उहाँहरूसँग सल्लाह गर्नुभन्दा पनि म बाहिर गएँ भनेर आफ्नो निर्णय मात्र दिएर जाने विचार गरेको तर त्यसो गर्नु ठीक हुन्छ कि हुन्न भनेरै म तपाइसँग सल्लाह गर्न आएको ।

निर्मलः तपाइको जस्तो हाम्रो पनि दाजुभाइ छतपाइलाइ थाहै छ । हामीकहाँ चाहीं प्राय के हुन्छ भने कुनै काम गर्नुपर्दा हामी दाजुभाइ सल्लाह गर्छौं । प्रायजसो के भैरहेको छ भने मैले कुनै काम गर्न चाहें भने म त्यो काम गर्न मेरा भाइहरूलाइ मनाउने प्रयत्न गर्छु । मैले उनीहरूको असहमति विना कुनै काम गरेको छैन । त्यसो हुँदा के हुन्छ भनेत्यो कामको जस अपजसको भागीदार आफु एक्लै नभैकन उनिहरू पनि हुन्छन् । अर्को कुरा त्यो काममा कुनै अप्ठ्याराहरू आइपर्‍यो भने उनीहरूले पनि आफुले जत्तिकै मेहतन गरेर काम गर्छन् । मैले पनि पसल खोलेंडुब्यो । पत्रिका चलाएँफ्लप भयो । तर असफल हुँदा पनि मैले कसैबाट कुनै गुनासो सुन्न परेन बरू सहयोग र सहानुभुति नै पाइयो । ति सबै मेरै योजना भए पनि मैले सबैसँग स्वीकृति लिएरसबैलाइ मनाएर गरेको हुनाले त्यो असफलतामा म मात्रै दोषी भइन नि । तपाइ पनि म गएँ भनेर जानुभन्दा बरू दाइ र आमाबुबालाइ मनाएर काम गर्न निस्कन सक्नुभयो भने जाति हुन्छ । फेरी तपाइ एक्लैले सहमति विनै त्यसरी जाँदा आफुलाइ कुनै गार्हो सार्हो पर्‍यो भने परिवारको सहयोग त चाहिन्छ भन्ने लाग्छ । के घरबाट निस्केपछि खानेबस्ने सबै व्यवस्था तपाइ आफै गर्न सक्नुहुन्छ ?

कः सक्छु दाइ । त्यसको बारेमा मैले सोचिसकेको छु ।

निर्मलः त्यसो हो भने तपाइ मसँग सल्लाह लिन आउनुभयो । मैले पनि सक्दो तपाइलाइ सहयोग गर्नुपर्छ नै । तर तपाइ मसँग एकदमै खुलस्त भएर कुरा गर्नुपर्छ । तपाइ थोरै बोल्नुहन्छ तर अहिले चाहीं तपाइले मसँग प्रष्ट कुरा राख्नुहोस र मैले सोधेका प्रत्येक कुराको उत्तर तपाइले जे सोचिरहनुभएको हो साँचो साँचो बताउनुहोस् । ल भन्नुस् तपाइले शुरू गर्न लाग्नुभएको काम के हो ?

कः खासमा काम चाहिं के भने इन्डियाको बोर्डरमा गएर काम गर्ने हो र पछिको मेरो उदेश्य चाहिं वैदेशिक आयात निर्यात व्यापार गर्ने हो । त्यसको लागि म अहिले शुरूमा विरगंज-काठमाडौं माल ढुवानी गर्ने गाडीमा खलासि भएर काम गर्ने र पछि विस्तारै बुझ्दै जान्दै गएर व्यापारमा हात हाल्ने हो । यसको लागि ४/५ वर्ष नै घरपरिवारबाट अलग भएर त्यही काममा मात्र ध्यन दिएर काम गर्ने विचार गरेको ।

निर्मलः ( उनको unexpected कुरा सुनेर एकछिन त के भन्ने भनेर सच्नै सकिंनकुनै ad agency मा ग्राफिक डिजाइनर भएर काम गरिरहेको मान्छे खलासी बन्ने भन्छ ) कुन गाडीमा काम गर्न लाग्नुभएको गाडीमा काम कहाँबाट पाउनुहुन्छ ?

कः त्यो मेरो एकजना साथी छत्यसैले गाडी मिलाइदिन लागेको हो ।

निर्मलः त्यो साथीलाइ दाइले चिन्नुहुन्छ ?

कः अहँ उहाँले चिन्नुहुन्न ।

निर्मलः अहिले तपाइले गरिरहनुभएको ग्राफिक डिजाइनरको काम किन गर्न मन नलागेको ?

कः अहिले गरिरहेको कामले भविष्य बन्छ जस्तो लाग्दैनफेरी मलाइ अब अरूको अन्डरमा बसेर गर्नुपर्ने काम गर्नै मन लागेन

निर्मलः त्यो ठीकै हो मलाइ पनि अरूको अन्डरमा काम गर्न मन लाग्दैन । मैले स्कूलमा छँदाखेरी त म जागीर भनेको कहिल्यै खान्न जस्तो लाग्थ्यो किनभने आफै स्वतन्त्र भएर काम गर्न चाहन्थें । जागीर खाएर हाकिमको अन्डरमा रहेर काम गर्न सक्छु भन्ने विश्वास आफैलाइ लाग्दैनथ्यो । तर अहिले जीवनको वास्तविकता भोगेपछि चाहीं सरकारी जागीर खान पाए कति भाग्यमानी हुँन्थेंहोला भन्ने लागिरहेको छ । मेरो एकजना आफन्त हुनुहुन्छतपाइजस्तै ग्राफीक डिजाइनर अनि तपाइले जस्तै एउटा एड एजेन्सीत्यो कुपन्डोलमा थियो त्यहाँ काम गर्नुहुन्थ्यो । पछि त्यो छोड्नुभयो । जागीर खान चाहनुभएको भए ज्यति ग्रुप भनेको त ठूलै कम्पनि हो नि हैनत्यहाँ उहालाइ काम गर भन्ने अफर आएको थियो तर उहाँले पनि जागिर खान चाहनुभएन । अहिले बानेश्वरमा साथीसँग मिलेर उहाँले आफैले डिजानिङ कम्पनि खोल्नुभएको छ । स्वतन्त्र भएर काम गर्न मन पराउनेहरूलाइ boss को अन्डरमा बसेर काम गर्नु त गार्है हो तर तपाइको जागिरमा तपाइलाइ परेको खास समस्या चाही के हो ?

कः कुरा कस्तो हो भने दाइकुनै डिजाइन गर्नको लागि अह्राउँछम आफूले एकदमै मेहनत गरेरसमय लगाएर डिजाइन तयार गरिदिन्छु । तर मेरो डिजाइन स्विकृत हुँदैन र अर्कैको हुन्छ । त्यसो हुँदैमा तलब नपाइने त होइन पाइन्छ तर मेरो आत्मसम्मानमा चोट पुगेजस्तो लाग्छ ।

निर्मलः तपाइको विचारमा अरूको भन्दा तपाइको डिजाइन राम्रो हो ?

कः हजुर । मेरो डिजाइन बढी राम्रो भन्ने लाग्छ तर मैले उनीहरूलाइ बुझाउन सक्दिन वा भनुँ उनीहरू मेरो कुरा बुझ्न चाहँदैनन् ।

निर्मलः ठीकै छतपाइको कुरा मैले बुझें । boss सँग विचार नमिल्नु र जागिर खान मन नलाग्नुमा तपाइसँग मेरो सकारात्मक धारणा छ । तर तपाइले जुन काम गर्छु भनेर सोच्नुभयोजुन काम छान्नुभयो त्यसले चाहिं मलाइ सोचमग्न बनाएको छ । अघिसम्म म तपाइको पक्षमा रहेर कुरा गरिरहेको थिएँ तर अब मैले तपाइको विपक्षमा कुरा गर्नुपर्ने छ । हेर्नुस मैले जानेसम्मका कुराहरू राख्ने प्रयत्न गर्नेछु ।

कः ठीकै छ दाइम त्यही भएरै तपाइको सल्लाह लिन आएको हो ।

निर्मलः तपाइ किताबहरू कतिको पढ्नुहुन्छ ?

कः खासै त्यति पढ्दिन अलिअलि पढ्छु ।

निर्मलः दाइ त धेरै किताब पढ्नुहुन्छ नि । यहाँ पुस्ताकालयका धेरै किताब पढ्नुभएको छ उहाँले । तर तपाइ पनि ठूला मान्छेहरूको जीवनीहरू पढ्ने गर्नुहुन्छ जस्तो लाग्यो हो ?

कः हजुर जीवनहरू चाहीं पढ्ने गरेको छुअरूको त पढेको छैन वैज्ञानिकहरूको जीवनी चाही पढ्ने गरेको छु ।

निर्मलः एउटा शब्द छ 'आदर्शवा 'आदर्शवादभनिन्छ । त्यो शब्दको खास अर्थ के हो भने राम्रो गर्नुपर्छराम्रो हुनेछ भन्छ यो शब्दले । बाहिरी वास्तविकता राम्रो गर्न नसकिनेराम्रो हुन नसक्ने हुन्छ । तर आदर्शवादले भन्छ कि राम्रो हुनेछराम्रो गर्नुपर्छ । यस्ता आदर्शका कुरा गर्ने मान्छेहरू खराब मान्छे होइनन्असल मान्छे नै हुनउनिहरूको उदेश्य पनि असल नै हुन्छ । उनीहरू राम्रो होस भन्ने कामना गर्छन्तर वास्ताविक यथार्थ भने त्यस्तो राम्रो हुँदैन र उनीहरूले सोचेजस्तो सजिलो तरिकाले राम्रो हुनेवाला पनि पटक्कै हुँदैन ।

मैले यो कुन प्रशंगको कुरा गरेको होला भन्ने तपाइलाइ लाग्न सक्छ । तर मैले यो कुरा कहाँ जोड्न खोजेको हो भने हामीले पढ्ने गरेका लिखतहरू प्रायजसो आदर्शले भरीएका हुन्छन् । तपाइले पढ्ने गर्नुभएको वैज्ञानिकहरूको जीवनीमा पनि आदर्शका गफहरू धेरै हुनसक्छन् । हामीले पढ्ने गरेका कुराहरूबाट जानी नजानी हामीमा केही प्रभावहरू परिरहेका हुन्छन् । लेखिएका वा पढिएका सबै कुराहरू साँचो हुँदैनन् । खासमा कुरा गर्ने हो भने धेरै पढ्ने मान्छेलाइ भन्दा थोरै पढ्ने मान्छेलाइ पढेको कुराले बढी र छिटो प्रभाव पार्छ । धेरै पढ्ने मान्छेहरूले एक किसिमका मात्र नभएर विभिन्न किसिमका कुराहरू पढेका हुन्छन् । कुनै एकथरी विचार र त्यसभन्दा ठीक विपरीत विचार पनि पढेका हुन्छन् । त्यसैले उनीहरूले पढेका कुराहरूलाइ जस्ताको तस्तै विश्वास नगरीकन आफैले विश्लेषण गर्न सक्छन् । मलाइ के लाग्छ भने तपाइले जीवनी पढ्दा त्यसमा भएका आदर्शका कुराहरूले तपाइमा धेरै प्रभाव पारेको छ । जीवनीहरू कस्ता हुन्छन् भने 'उनले सानैदेखि धेरै दुःख गर्‍योसंघर्ष गर्‍योधेरै हन्डर खायो र अन्तमा उनी सफल भएमहान बनेनाम कमाएदाम कमाए ' यस्तै कुराहरू हुन्छन् । मैले अघि भनेको आदर्शका कुरा भनेको यही नै हो । यस्ता कुराहरूले हामीलाइ सफल हुनलाइ त दुःख गर्नुपर्ने रहेछसंघर्ष गर्नुपर्ने रहेछ भन्ने धारणा हामीभित्र उत्पन्न गराउँछ । तर समाजको वास्तविकता हेर्नुस त धेरै दुःखसंघर्ष गर्ने मान्छेहरू त त्यही दुःख संघर्षमा पुरीएरै बुढा हुन्छन् र मर्छन् । उनीहरूको जीवनी कसैले लेख्दैन । खानलाउनउपचार गर्न नपाएर मरेका मान्छेको जीवनी कस्ले लेख्छ र । हेर्नुस संसारमा दुःख र संघर्ष गर्ने धेरै भन्दा धेरै मान्छेहरू त मर्ने बेलासम्म पनि सफलता पाउने आशै आशमा बाँचेका हुन्छन् । संसारमा जीवनी लेखिएका धेरै मान्छेहरूमध्ये एकदमै थोरै मान्छेहरू मात्रै हुन्छन् जो वास्तवमा सानैदेखि दुःख झेलेर आएका हुन्छन् । नत्रभने त्यस्ता धेरैजसो मान्छेहरू पहिल्यैदेखी कुनै न कुनै आधार भएका मान्छेहरू नै हुन्छन् । शुन्यवाट शुरू गरेर कसैले ठूलो सफलता पाएको कुरा पढेर हामी पनि अन्धधुन्ध त्यसैको नक्कल गरेर अब घर परिवार सबै छोडेर शुन्यवाट शुरू गर्छु भनेर लाग्नु बुध्दीमानी काम होइन ।

पैसाले पुगिसकेपछि मान्छेलाइ आफ्नो नाम चम्काउने रहर हुन्छ । त्यसपछि उनीहरू राम्रा राम्रा लेखकहरूलाइ आफ्नो जीवनी लेख्न लगाउँछन् । लेखकहरू पनि चाकडी गर्न पाए धेरै पारिश्रमिक पाइएला भनेर चाकडी गरेर लेख्छन् 'उहाँले धेरै संधर्ष गर्नुभयो तर कहिल्यै हिम्मत हार्नु भएन । अन्नतः उहाँ सफल भएरै छोड्नुभयो ' । हामी यस्ता कुरा पढेर प्रभावित हुन्छौं ।

तपाइ वैदेशीक आयात निर्यात व्यापार गरेर ठूलो व्यापारी बन्ने उदेश्य लिनुभयोतपाइको नजरमा तपाइको उदेश्य ठीकै होतर मेरो नजरमा कम्तिमा पनि तपाइको निम्ति त्यो उदेश्य प्राप्त गर्न सम्भव नहुनसक्छ भन्ने हो । तपाइ कुनै अहिलेका नाम चलेका कुनै व्यापारीउद्योगपतिको नाम लिनुस त । उनी कसरी त्यस्तो ठूलो उद्योगपति भए त भने उनका बुबा ठूला उद्योगपति थिए त्यै भएर । कुनै दुःख र संघर्ष अनि शुन्यवाट शुरू गरेर होइन । यो कुरालाइ राम्रोसँग विचार गर्नुहोला ।

मेलै एउटा कुरा सुनेको छुअहिले नेपालका कुनै एकजना ठूलो माडवाडी साहु पहिले भारतबाट नेपाल आउँदा जोगी जस्तै खाली हात आएका थिए रे । पछि यही व्यापार गरेर ठूला व्यापारी भएका रे । यो सुनेको कुरा होहुन पनि सक्छ नहुन पनि सक्छ । यो कुरा सही हो भने पनि कुनै भारतीय व्यापारीले थोरै पुँजी ल्याएर यहाँ व्यापार गरी सफल हुनुमा म सम्भावित आधारहरू देख्छु । हेर्नुस्अहिलेका प्राय माडवाडी साहुहरू नेपालमा राणाकालको अन्त्यसँगै नेपाल प्रवेश गरेर व्यापार गरी प्रगति गरेका हुन् । त्यतिबेला नेपाल भर्खरै राणाशाषणबाट मुक्त भएकोकुनै उद्योगधन्दा नभएको हुनाले त्यतिबेला भारतीय सामानको ठूलो माग भएको हुनाले भारतबाट भर्खर नेपाल पसेकाहरूलाइ उता भएको कुरा यता ल्याएर वेच्नु त्यति गर्हो भएन । अझ त्यतिबेला ती माडवाडीहरू नेपाल पस्नुको कारण नै त्यतिबेलाको नेपाली परिवेसमा व्यापार गरेर सफल हुन सक्ने आधारहरू देखेरै नेपाल पसेका हुन सक्छन् ।

हेर्नुस कसैले ठूलो संघर्ष गरेर सफलता पाएको कथाबाट प्रभावित भएर तपाइले पनि 'यसै भएन उसै भएन अब तल्लो लेबलबाटै संघर्ष गरेर माथि उठ्छु' भन्ने सोचेर पहिले खलासी हुनेअनि ड्राइभर हुनेअनि आफै गाडी किन्ने अनि आफैले व्यापार थालेर ठूलो व्यापारी बन्ने भन्ने महत्वाकांक्षा लिनुभयो । महत्वाकंक्षा लिनु नराम्रो कुरा त होइन तर संघर्ष गर्दैमा त्यो उदेश्यसम्म पुग्न सकिन्छ नै भन्ने चाही निश्चित हुँदैन ।

केही मान्छेहरू विना उदेश्य पनि ठूलो सफलता प्राप्त गरिरहेका हुन्छन् भने केही चाही उदेश्य लिन्छन् तर कहिल्यै सफल हुँदैनन् । तर आज तपाइले मलाइ विश्वास गरेर जुन सल्लाह लिन आउनुभएको छयसले मलाइ गर्व गर्ने ठाउँ त दिएको छ कि कसैले मलाइ पनि सल्लाह लिन योग्य देख्दो रहेछ भनेर तर वास्तवमा म आफै एकजना असफल मान्छे हुँ । मैले अनेक कामहरू गरे । ति कामहरू शुरू गर्नु पहिले धेरै धेरै पूर्व तयारी र व्यवस्थित योजनाहरूका साथ शुरू गरेके थिएँ तर सबैमा असफल भएपछि नेपालमा हार खाएर म विदेश जाने तयारीमा लागेको छु । यो पनि कति सफल हुने हो थाहा छैन । वास्तवमा कुनै काम शुरू गर्नुपूर्व वनाएका धेरै योजनाहरू पछि काम गर्दा नमिल्ने हुँदा रहेछन् । योजनाको कार्यान्वयन गर्दा पहिले सोच्दै नसोचेका स साना देखी ठूला ठूला सम्मका अनेक चुनौतीहरूको सामना गर्नुपर्ने हुँदो रहेछ । पहिले बनाएका योजनाहरू त पछि कामै नलाग्ने हुँदा रहेछन् । मैले केही अरू मान्छेहरू पनि भेटेको छुजो मलाइ भन्थे कि उनीहरू योजना बनाएर चल्नै छोडिसके भनेर । किनभने योजना अनुसार कहिल्यै काम भएन भन्थे उनीहरू । त्यो कुरा तपाइको सन्दर्भमा पनि लागु हुन सक्छ । खलासीबाट ड्राइभरड्राइभरबाट गाडी साहु अनि व्यापारी । तपाइले अहिले यसरी सोच्नुभएको कुरा पछि फिल्डमै पुगेर काम गर्दा यति कठिन हुन्छ कि अहिले तपाइले सोच्नै नसकेका समस्याहरू तेर्सिन आइपुग्छन् ।

सानो छँदा मलाइ पैसा कमाउनु ठूलो र गार्हो कुरा हो जस्तो लाग्दैनथ्यो । ठूलो भएपछि पैसा त म झ्याम्मै कमाइहल्छु नि भन्ने लाग्थ्यो । तर पछि छिटै नै पैसा कमाउने बाध्यताको बोध भयो र त्यसले गर्दा पढाइमा ध्यान दिन नसकेपछि मेरो पढाइ छुट्यो । कलेज ड्रपआउट भएर पैसा कमाउन भनेर लागियो तर पैसा कमाउने मेलो कतै पाउनै सकिंन । जताजतै असफलता मात्रै भेटियो । मैले सानोमा सोचेजस्तो पैसा कमाउन सजिलो रहेनछ । पैसा कमाउने सबै उपायहरूमा मान्छेहरूले पहिले नै लागीसकेका हुने रहेछन् । आखिर संसारमा सबै मानिसहरू पैसाकै पछाडि डौंडिरहेका हुँदा रहेछन् र पैसा कमाउन मानिसहरूले अनेक जालझेल र तिकडम पनि गर्दा रहेछन् । पैसा कमाउने कुनै उपाय मानिसहरूले बाँकी राखेका छैनन् । वैदेशिक व्यापर गरेर पैसा कमाउने क्षेत्रमा पनि अरूले नदेखेको र तपाइले मात्र देखेको त्यहाँ कुनै ठाउँ बाँकी छैन होला जस्तो लाग्छ । प्रत्येक खलासी ड्राइभर बन्न चाहेकै हुन्छन्हरेक ड्राइभर सकेसम्म आफै गाडी साहु बन्न खोजेकै हुन्छन् । गाडी साहु व्यापार गर्न अनेक तानाबाना बुनिरहेकै हुन्छन् । त्यहाँ तपाइको निम्ति कुनै खाली ठाउँ हुने छैन जहाँ तपाइ थपक्क पुगेर धमाधम पैसा कमाउन सकियोस् । त्यहाँ उपायहरू छन् भने कुनै ग्राफिक डिजाइनर ले भन्दा पहिले तिनै गाडी साहु अनि व्यापारीहरूले पत्ता लगाएर प्रयोग गरिसकेका हुन्छन् । अरूले व्यापार गरेर पैसा कमाएको देख्दैमा हामी विना अनुभव त्यो स्थानमा सजिलै पुग्न सकिंदैन । त्यसैले तपाइले कहिल्यै अनुभव नै नगर्नुभएको त्यस क्षेत्रमा तपाइको निम्ति पैसा कमाउने सकिने कुनै खाली ठाउँ छँदै छैनयो कुरा एकदम सत्य हो ।

अब कुरा गरू त्यसोभए के गर्ने त । के हाम्रो हातमा निराशा मात्र हो त ?

तपाइ ..पी सापकोटा दाइ चिन्नुहुन्छ नि । उहाँले मलाइ एकपटक भन्नुभएको थियो "हेर निर्मल मानिसहरू पाउन नसकेका अवसरहरू पाउने धुनमा यताउती दौडिरहेका हुन्छन् तर उसकै अगाडी पनि त्यस्ता थुप्रै अवसरहरू हुन्छन्जसलाइ उसले देख्नै सक्दैन ।" उहाँले त्यो कुरा मलाइ सल्लाह दिने क्रममा भन्नुभएको थियो तर त्यतिबेला म अल्लारे जोसमै थिएँ र उहाँको कुरा सुनिन । आफ्नै योजना अनुसार पाउन नसकेका कुराहरू पाउने धुनमा यताउति दौडिन थालें । एउटामा असफल भएँदोस्रोमा असफल भएँतेस्रोमा असफल भएँ र असफल हुँदाहुँदा म अहिले यो स्थानमा आइपुगें । शायद त्यतिखेर उहाँले भन्नुभएको जस्तै मैले मेरै अगाडी भएका तर मेलै नखोजेका ति अवसरहरूलाइ मात्र वेवास्ता नगरेको भए म अहिले यस्तरी असफल भएर बस्नुपर्ने थिएन भन्ने लाग्छ । अब त्यो समय बितिसकेको हुनाले फर्किआउने कुरा भएन । तपाइको सन्दर्भमा पनि यो कुरा मिल्न सक्छ । तपाइ ग्राफिक डिजाइनर हुनुहुन्छतपाइकै विचारमा पनि त तपाइका डिजाइनहरू कमजोर होइनन्मात्र तपाइको boss ले ति डिजाइनहरूलाइ तपाइकै जस्तो विचारले नहेरेको मात्र हो । तपाइ कामै नलाग्ने डिजानर भएको भए त उनीहरूले पनि तपाइलाइ त्यतिकै तलबमात्र दिएर राख्ने थिएनन् नि । तपाइमा केही भएरै त तपाइलाइ तलब दिएको हो । आफुमा भएको क्षमतामा विश्वास गर्न म सुझाब दिन्छु न कि कहिल्यै केही थाहा नपाएको व्यापारमा लाग्न । मैले अघि पनि भने मेरो एकजना आफन्त हुनुहुन्छ तपाइजस्तै ग्राफिक डिजाइनर हो । उहाँले अहिले राम्रैसँग परिवार पालिरहनुभएको छबच्चालाइ राम्रै स्कूलमा पढाउनुभएको छ । तपाइले सोच्नुभएको व्यापारीले जस्तो धेरै धेरै पैसा कमाउन नसके पनि आफ्नो जीवन खुशीसँग बाँच्न पुग्ने गरी यहींबाट कमाउन सकिन्छ जस्तो लाग्छ । हैन ठूलै व्यापारी बन्नेधेरै नै पैसा कमाउने तपाइको सोचाइ हो भने त तपाइ सफल हुन सक्नुहोला भनेर मलाइ शंकै लाग्छ । यस्तो सोचले परिवारसँगको सम्बन्ध विग्रने र आफू असफल भइयो भने जीवनदेखि नै निराशा उत्पन्न हुने खतरा हुन्छ ।

मलाइ त लाग्छ तपाइले मन नलागी नलागी जुन जागिर खाइरहनुभएको छ त्यो नै तपाइले अहिले गरिरहनुभएको संघर्ष हो । यहींबाट अझैं तपाइले धेरै कुरा सिक्न सक्नुहुन्छ जस्तो लाग्छ जुन तपाइलाइ पछि पछि अझ धेरै काम लाग्न सक्छ । तपाइ एकपटक राम्रोसँग विचार गर्नुस् अनि मात्र निर्णय गर्नुस् । हतारमा निर्णय नगर्नुस् ।

(उनीसँग मैले यति नै कुरा गरें । पछि खाजा खाएर जान लाग्दा मैले सोधे) तपाइ यहाँ आउनुभएको कुरा दाइलाइ थाहा दिने कि नदिने ?

कः थाहा नदिनुहोला । फेरी दाइले चित्त दुखाउनुहुन्छ ।


(यो २०६४ चैत्र २२ गतेको कुरा हो । आज झन्डै एकदसक पछि उनी नेपालकै ठूलो र धनी कम्पनीमा डिजाइनर छन् भन्नेसम्म सुनेको छुअरू थाहा छैन । )

Comments