पेटमा पत्थर
म शारीरिक रूपले साह्रै कमजोर मान्छे नेपालमा छँदा अस्पतालमा भर्ना हुनु नपरे पनि outdoor patient को रूपमा अस्पताल र क्लिनिकहरू धेरै जानु पर्थ्यो । कोरिया आउने लगभग पक्का भएपछि मैले मनमनै एउटा कामना गरेको थिए, मेरो आमा बुबा नएभएको त्यो विरानो देशमा पुगेपछि म विरामी हुन नपरूँ ।
तर हाम्रा पवित्र कामना र असल चाहनाहरू पुरा गरिदिनको लागि संसारमा को छ, जे चाहन्नौं त्यही भैदिन्छ हामी के गर्न सक्छौं र ?
पुरानो कम्पनीमा छँदा मैले कान दुखाइको extreme रूप बेहोरें, हिजो पेट दुखाइको । पेटमा पत्थरी हुँदा यति दुख्दो रहेछ कि, पहिलो पटक ५ दिन जति अघि दुखेको थियो सहन सकिने दुखेको थियो, करिब आधा घण्टा दुख्यो, दोस्रो पटक ३ दिन पहिले काममै छँदा दुख्यो, दुखाइ अलि साह्रो थियो । त्यो पनि आधा घण्टा दुख्यो । धेरै गर्मि हुने र पसिना धेरै जाने हुनाले शरिरमा पानीको मात्रा नपुगेर दुखेको होला भने अनुमान गर्दै पानी बढी खान थालेको थिएँ । हिजो आइतवार २४ घण्टा काम गर्नुपर्ने थियो विहान ८ बजे काममा गएँ । २ नाघ्यो ३ बजेको थिएन होला, दुख्न शुरू भयो । विस्तारै विस्तारै दुखाइको मात्रा बढ्दै गएपछि भोली अस्पताल जान्छु भनेर सोचें । निश्चल र म एकै ठाउँमा काम गरिरहेकोले मैले गर्नुपर्ने काम पनि उसैलाइ अह्राएँ । म चाहि दुखाइ कम होला र काम शुरू गरूला भनेर कुरीरहें । दुखाइ बढेर म सिधा उभिनै नसक्ने भैसकेको थिएँ । अन्ततः केही नलागेर मैले हाकिमलाइ सोधे 'आज आइतबार अस्पताल खुल्छ?' उनले सानो अस्पताल खुल्दैन ठूलो अस्तपालको emergency ward खुल्छ भन्यो । उसले मलाइ बस पाउने ठाउँसम्म आफ्नो कारमा पुर्याउन गयो । दुखाइको तोडले म उनको कारबाट उत्रेर बस चढ्ने सम्म आँट थिएन । दायाँ फर्केर बस्दा, बाँया फर्कन अनि बाँया फर्केर बस्दा दायाँ फर्कना मरेतुल्य गाह्रो हुन्थ्यो । दुखाइको तोडले शरीरमा कम्प हुँदो रहेछ, पसिना आउँदो रहेछ, हिजै थाहा पाएँ । दुखाइको तोडले मुख सुक्दो रहेछ , अनि आँखा धमिलो भएर 20 pixel को अक्षर पनि पढ्न नसकिने रहेछ । ६ बजेतिर इमर्जेन्सीमा भर्ना भएर पेनकिलर लगातार शरिरमा चढाए पनि साढे ९ बजेसम्म मेरो दुखाइ २० को १९ भएन । 'तेरो पेटमा पत्थर छ, औषधी खाएर ठीक हुन्छ, अब तँ जा, भोली follow up को लागि बहिरँग विभागमा आइज ' भन्यो । यस्तो दुखिराछ म जान सक्दिन भनेपछि फेरी pain killer थपिदियो । राति ११ बजेतिर दुखाइ सहन सक्ने भएपछि त्यहाँबाट निस्किएर एउटा लजमा आएर सुतें ।
केही फोटोहरू
दुखाइले मरेतुल्य
यो अक्षर पढ्न नसकिने गरी आँखा धमिलो भयो





Comments
Post a Comment