काम र मान्छे
काममा कहिलेकाहीं घाउचोट लाग्छ नै, तर कामले मनलाइ सन्तुष्ट बनाउनु पर्छ । दोस्रो पटक विदेश आउने तयारी गरिरहँदा अब विदेशमा काममको सिलसिलामा वा अन्य कतै कसैसँग झगडा नगर्ने भन्ने विचार गरेको तर सोचेजस्तो नहँदो रहेछ । आफु मेहनत गरेर काम गर्ने कारणले पनि हुन सक्छ, अल्छि र कामचोरहरूसँग काम गर्नुपर्यो भने झगडा परिहाल्छ । सहेर बस्नै नसकिने । आफ्नो बानी नै त्यस्तै । झगडा परेपछि आफुलाइ झन धेरै दुख हुने भए पनि अरूले आफुमाथि लगातार खराब काम गर्छ भने सहन्छु भने पनि नसकिने । भर्खरै एकजना चाइनिज आजसीसँग झगडा पर्यो । मैले चलाउने मेसिनमा कच्चा पदार्थ (पत्रिकको घोल) पठाउन विर्सने, उ भने कहिले सुतिरहने, कहिले wifi आउने ठाउँमा गएर भिडियो हेरेर बसिरहने । यता मेरो मेसिने भने घोल नभएर बन्द गर्नुपर्ने । एकपटक होइन, दुइपटक होइन । हप्ता दुइहप्तामा एकपटक यस्तै गरिदिने । अति भएपछि नमिठी बोल्नै पर्ने । मसँग रिसाएर आजसीले त्यसपछि त कहिले पानी पानी र कहीले बाक्लो न बाक्लो लेदो पठाएर झन दुख दिन थालिहाल्यो । आफुलाइ त्यस्तो गाह्रो हुने त हैन तर आफुले चाहे जस्तो product निकाल्न नसकिने । तैपनि अरुले भन्द...