काम र मान्छे
![]() |
दोस्रो पटक विदेश आउने तयारी गरिरहँदा अब विदेशमा काममको सिलसिलामा वा अन्य कतै कसैसँग झगडा नगर्ने भन्ने विचार गरेको तर सोचेजस्तो नहँदो रहेछ । आफु मेहनत गरेर काम गर्ने कारणले पनि हुन सक्छ, अल्छि र कामचोरहरूसँग काम गर्नुपर्यो भने झगडा परिहाल्छ । सहेर बस्नै नसकिने । आफ्नो बानी नै त्यस्तै । झगडा परेपछि आफुलाइ झन धेरै दुख हुने भए पनि अरूले आफुमाथि लगातार खराब काम गर्छ भने सहन्छु भने पनि नसकिने ।
भर्खरै एकजना चाइनिज आजसीसँग झगडा पर्यो । मैले चलाउने मेसिनमा कच्चा पदार्थ (पत्रिकको घोल) पठाउन विर्सने, उ भने कहिले सुतिरहने, कहिले wifi आउने ठाउँमा गएर भिडियो हेरेर बसिरहने । यता मेरो मेसिने भने घोल नभएर बन्द गर्नुपर्ने । एकपटक होइन, दुइपटक होइन । हप्ता दुइहप्तामा एकपटक यस्तै गरिदिने । अति भएपछि नमिठी बोल्नै पर्ने । मसँग रिसाएर आजसीले त्यसपछि त कहिले पानी पानी र कहीले बाक्लो न बाक्लो लेदो पठाएर झन दुख दिन थालिहाल्यो । आफुलाइ त्यस्तो गाह्रो हुने त हैन तर आफुले चाहे जस्तो product निकाल्न नसकिने । तैपनि अरुले भन्दा नराम्रो product निकालेको होइन । मेरो product मा अरुले complain गर्ने ठाउँ त हुदैन तर आफुले चाहेजस्तो product नहुँदा आत्मसन्तोष नहुने । त्यसपछि मैले मेसिन हेर्नै छोड्दिएँ । अर्कै एकजना भाइलाइ मेसिन हेर्ने लगाएँ । अहिले आफ्नो मेसिन नभएर कहिले यता कहिले उता काम गर्ने ठाउँ fix भएन । झन धेरै दुख भैराछ । लडेर घाउ पनि भयो । तर काम ठीकै चलिराछ । जतिसुकै सजिलो काम भए पनि आत्मसन्तोष भएन भने त्यस्तो काम म लामो समय गर्न सक्दिन । simply म के सोच्छु भने काम भनेको काम जस्तै हुनुपर्छ र त्यसले आत्मसन्तुष्टि दिनुपर्छ ।

Comments
Post a Comment