गन्थन
Interest हरू धेरै भए पनि कामको व्यस्तताले केही गर्न नसक्दा एक किसिमको खल्लोपन चाहिं लागिरहने । विशेषत: दर्शनको क्षेत्रमा ब्लग बनाएर, त्यसको फेसबुक पेज नै बनाएर संचानलन गरे पनि वर्षौं वर्षदेखि केही लेख्न नसक्दा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको feeling भै नै रहने । त्यसमाथी बेला बेला unexpected रूपले आइरहने page like हरूले गर्दा जिम्मेवारी पुरा गर्न नसक्नुको पिडा झन् गहिरो भैदिने ।
हुन त दर्शनको क्षेत्रमा मेरो interest लाई मैले 'Philosophy is the destination I arrived getting myself rid of illusions' भनेर कतै लेखेको थिएँ । एउटा निर्णय लिनैपर्ने थियो र अहिले लिएको छु:
१. दर्शन ब्लग nirmalbalami.blogspot.com लाई lawofactionandreaction.blogspot.com मा परिवर्तन गर्ने ।
२. nirmalnkorea.blogspot.com को रूपमा शुरु गरेको ब्लगलाई अहिले nirmalblogging.blogspot.com को रूप दिएको छु तर यो address लाई फेसबुकले against our community standards भनेर ban गरिदिएको छ । कुन post वा के कुराले यस्तो भयो भनेर केही भनेको छैन । फेरि address change गरुँ जस्तो लागिरहेको छ । के address राख्ने अझै था'छैन । मन परेका address हरू अरूले नै occupy गरिसकेछन् । (update: nirmalblogging.blogsopot.com लाइ nirmalbalami.blogspot.com मा परिवर्तन गरेको छु ।)
३. 'संघर्ष गर्दैमा सफल हुने होइन' भन्ने पोष्टलाई दर्शन ब्लगबाट personal blog मा सार्ने ।
४. दर्शन ब्लगमा English post हरूलाई पनि नेपालीको जस्तै एउटै पोष्टमा राख्ने, यसमा अरू पोष्टहरू थप नगर्ने, जति छ त्यसलाई ब्लगको रूपमा नभई एउटा दस्तावेजको रूपमा इन्टरनेटमा सुरक्षित राख्ने ।
५. फेसबुक पेजलाई delete गरिदिउँ कि भन्ने नि लागेको थियो तर नगरूँ होला । कहिलेकाहीं विचारको ज्वारभाटाले टाउकोमा हान्यो भने लामो पोष्टको रूपमा ब्लगमा लेख्ने होइन बरु छोटो status को रूपमा page मा पोष्ट गर्ने ।


Comments
Post a Comment